३ श्रावण २०८३, आईतवार

 

लेखक भीम न्यौपानेद्वारा विद्यामन्दिर पुस्तकालयलाई पुस्तक उपहार

बागलुङ । लेखक भीम न्यौपानेले आफूले भर्खरै बजारमा ल्याएको पुस्तक बादलमुनि बागलुङ विद्यामन्दिर पुस्तकालयलाई उपहार दिनु भएको छ ।

न्यौपानेले विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मालाई पुस्तक हस्तान्तरण गर्नु भएको हो ।

राणा कालमा खुलेको पुस्तकालयको राम्रो व्यवस्थापन र धौलागिरि क्षेत्रका लेखकहरुको पुस्तक पनि छुटटै संग्रह गरेर राखेकोमा आफू ज्यादै प्रभावित भएको भीम न्यौपानेले बताउनुभयो ।

बालबालिकादेखि सबै उमेरका पाठकहरुको लागि पुस्तकालयले पुस्तक, पत्रपत्रिकाका साथै सूचना प्रविधिमा पनि लगानी गरि रहेको छ । शनिबार पनि पुस्तकालय सञ्चालनमा ल्याएर पाठकलाई थप सुविधा दिएको अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

पुस्तकालयको बारेमा पुस्तकालयका पुस्तकाध्यक्ष गणेश सापकोटाले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung