२१ भाद्र २०८३, आईतवार

 

आचार्य परिवारद्वारा मानवसेवा आश्रमलाई २० हजार सहयोग

बागलुङ ।बागलुङ नगरपालिका ४ कुँडेुले निवासी आचार्य परिवारले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

नयाँविश्व बचत तथा ऋण सहकारीका ऋण उपसमितिका सदस्य यामलाल आचार्य, सेयर सदस्य श्रीमती पार्वती आचार्य, छोराबुहारी राजु आचार्य, भाषिका आचार्य, सन्तोष आचार्य, नातिनी कारा आचार्यले मानव सेवा आश्रमलाई २० हजार सहयोग गरेका छन् ।

शुक्रबार आचार्य परिवारले बागलुङ नगरपालिका-३ किनारा टोलस्थित आश्रमका लक्ष्मी नारायणहरुलाई आर्थिक सहयोग गर्नु भएको हो ।

बागलुङ नगरपालिका-४ कुँडेुले जन्म घर भई हाल अष्ट्रेलियाको मेनर्वन निवासी राजु आचार्य, श्रीमती भाषिका आचार्य र छोरी कारा आचार्यले २० हजार रुर्पैयाँ आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रमको सञ्चालन मानव सेवा आश्रम बागलुङकी अभिभावक निर्मलबहादुर श्रेष्ठले गर्नु भएको थियो ।आश्रममा ७० जना लक्ष्मी नारायण तथा बालगोपालहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung