बागलुङ । नेपाली कम्युनिष्ट पार्टी जिल्ला समन्वय समिति बागलुङले ताराखोला गाउँपालिका-४ दोगाडि निवासी लक्ष्मी कुमारी खत्रीको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाली कम्युनिष्ट पाटी गण्डकी प्रदेशका सचिवालय सदस्य तथा वाईसेलका सचिव नरेश केसीका ममतामयी आमा लक्ष्मी कुमारी खत्री प्रति नेपाली कम्युनिष्ट पार्टी महाधिवेशन आयोजक समितिका सदस्यहरु चन्द्रबहादुर बुढा सागर, ज्ञामनाथ गैरे अनिल, फमलाल निउरे, धनबहादुर विक हिमाल, बागलुङका संयोजक प्रकाश घर्ती, ताराखोला गाउँपालिका समितिका अध्यक्ष दिवश खत्री, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क पाण्डे, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ती, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य चित्र साहनीले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
खत्रीको ७२ वर्षको उमेरमा गत मंसिर २८ गते देहावसान भएको थियो ।श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा प्रकाश घर्तीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सदस्य तथा ताराखोला गाउँपालिका-२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले सञ्चालन गर्नु भएको थियो ।




















































































































































































