बागलुङ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बागलुङ शाखाले सामाजिक उत्तरदायिव अन्तर्गत स्वास्थ्य चौकी र विद्यालयलाई युरोगार्ड र स्मार्ट टिभी सहयोग गरको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बागलुङ शाखाका प्रबन्धक उपेन्द्र गौतमले बागलुङ नगरपालिका-८ को सिगाना स्वास्थ्य चौकीकी प्रमुख शारदा सुवेदी आचार्यलाई मंगलबार युरोगार्ड (पानी शुद्ध गर्ने मेसिन) हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रम बागलुङ नगरपालिका-८ का वडा अध्यक्ष छमबहादुर कार्की र शाखा प्रबन्धक उपेन्द्र गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ नगरपालिका-८ का वडा अध्यक्ष छमबहादुर कार्कीको अध्यक्षता र सिगाना स्वास्थ्य चौकीकी प्रमुख शारदा सुवेदी आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बागलुङ शाखाले बागलुङ नगरपालिका ८ सिगानाको ज्ञानकुञ्ज प्राथमिक विद्यालयलाई स्मार्ट टिभी सहयोग गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बागलुङ शाखाका प्रबन्धक उपेन्द्र गौतमले ज्ञानकुञ्ज प्राथमिक विद्यालयको प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई स्मार्ट टिभी हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा वडा अध्यक्ष छमबहादुर कार्की, शाखाका प्रबन्धक उपेन्द्र गौतम, प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, सिगाना माविको पूर्वप्रधानाध्यापक गोपाल कुमार शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम ज्ञानकुञ्ज प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर खड्काको अध्यक्षता र शिक्षक छम कुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































