२० भाद्र २०८३, शनिबार

 

आश्रमलाई आर्थिक सहयोग गर्दै विवाईसी बागलुङले मनायो ४०औँ वार्षिकोत्सव

बागलुङ । विवाईसी बागलुङले आफनो ४०औँ वार्षिकोत्सव मनाएको छ । विवाईसी बागलुङले वार्षिकोत्सव बागलुङ नगरपालिका-३ किनाराटोलस्थित मानवसेवा आश्रम बागलुङलाई आर्थिक सहयोग गरेर मनाएको हो ।

संस्थाले आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालको भोजन सेवाको लागि विवाईसी बागलुङका अध्यक्ष तोयनाथ गौतमले मानवसेवा आश्रम बागलुङकी संचालिका विपना तामाङलाई ११ हजार १ सय रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा विवाईसी बागलुङका सल्लाहकार डा. डिल्ली राज गौतम र अध्यक्ष तोयनाथ गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार टिकाराम सापकोटा, उपाध्यक्ष गंगा शर्मा, सहसचिव प्रेमबहादुर केसी र कार्यसमिति सदस्य खिम कार्कीको उपस्थिति रहेको थियो ।

अहिले आश्रममा ७० जना लक्ष्मी नारायण तथा बालगोपालहरू आश्रय लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung