२० भाद्र २०८३, शनिबार

 

लायन्स क्लबको दोस्रो जोन मिटिङ सम्पन्न

बागलुङ । लायन्स इन्टरनेसल डिष्ट्रिक ३२५ के नेपाल अन्तर्गत रिजन १८ जोन ३५ को दोस्रो जोन मिटिङ शुक्रबार बागलुङ बजारको बेस्टवन रेष्टुरेन्टमा सम्पन्न भएको छ । बागलुङ बजारमा लायन्स क्लब अफ बागलुङ युनियनको आयोजनामा मिटिङ सम्पन्न भएको थियो ।अन्तर्गत रिजन १८ जोन ३५ को दोस्रो जोन

कार्यक्रममा डिष्ट्रिक एडमिष्टर काजिमान गुरुङ, डिष्ट्रिक सिनियर एडभाइजर पार्वती थापा अधिकारी, डिष्ट्रिक सिनियर एडभाइजर दुर्गा कुँवर, डिष्ट्रिक कोडिनेटर अनुप रिजाल,डिष्ट्रिक एडिसनल क्याबिनेट सक्रेटरी केशव प्रसाद सापकोटा, जोन चियर पर्सन ओम प्रकाश गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारी, लायन्स क्लब अफ बागलुङका अध्यक्ष नारायण प्रसाद शर्मा, लायन्स क्लब अफ बागलुङकी अध्यक्ष राधा शर्मा, लायन्स क्लब अफ बागलुङ ब्लुसिपका प्रथम उपाध्यक्ष उदित थापा, लायन्स क्लब अफ बागलुङ शालिग्रामका अध्यक्ष आशा राजभण्डारी भारीले मन्तव्य व्यक्त गरेका थिए ।

उक्त जोन बैठकमा प्रत्येक क्लबका सचिवहरुले  क्लबका कार्यहरुको रिर्पोट प्रस्तुत गरेका थिए ।

बैठक जोन चियर पर्सन ओम प्रकाश गौतमकको अध्यक्षताको सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung