बागलुङ । विवाईसी बागलुङले आफनो ३४औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष अमरबहादुर थापा, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, बागलुङ नगरपालिकाका पूर्वमेयर जनक राज पौडेल, पूर्वअध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँपालिकाका-२ का वडा अध्यक्ष विद्यापति शर्मा, विवाईसी बागलुङका संस्थापक अध्यक्ष तथा सल्लाहकार टिकाराम सापकोटा, निर्वतमान अध्यक्ष मणिभन्द्र शर्मा, पूर्वअध्यक्ष चन्द्र मणि उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयनाथ गौतमको अध्यक्षता, उपाध्यक्ष गंगा शर्माको स्वागत र सचिव विक्रम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

















































































































































































