४ श्रावण २०८३, सोमबार

 

बागलुङमा जीवन शर्माको एकल साँझ हुने

बागलुङ । बागलुङमा गायक जीवन शर्माको एकल साँझ हुने भएको छ । आगामी माघ २४ गते गायक शर्माको सांगितिक साँझ गर्ने बुधबार सम्पन्न प्रगतिशिल लेखक संघ बागलुङको आयोजनामा भएको सर्वपक्षीय भेलाले निर्णय गरेको हो ।

भेलाले संघका अध्यक्ष विजय रानाको संयोजकत्वमा १९ सदस्यीय जीवन शर्मा साँझ मूल आयोजक समिति गठन गरेको छ । समितिको सहसंयोजकमा भरत शर्मा ‘बागलुङे रहेका छन् ।

समितिका सदस्यहरुमा जनक राज पौडेल, निर्मल श्रेष्ठ, अर्जुन चोखाल, गणेश थापा, भिमलाल पोख्रेल, भूमिकर्ण सी, कमल पौडेल, जीवनकला खत्री, टिका संगम विक, आश्मिन शेख, जीवन शर्मा, घनश्याम कँडेल, विष्णु अधिकारी, थम्मन थापा, पूर्णपति शर्मा, विनोद थापा ‘प्रतिक’, सुरेश पुन, शर्मिला रोका, खेमराज गौतम, अनिष खाती, दिलिप प्रतेल, केशवराज क्षेत्री, तारानाथ आचार्य रहेका छन् ।

भेलाले मूल आयोजक समिति सदस्यहरुमा राजनीतिक दलका अध्यक्ष एवं सचिव, कार्य समितिका पदाधिकारी र सदस्य, नागरिक समाज, जनप्रतिनिधि, विद्यार्थी संगठनका प्रमुख, पेशागत संगठनका प्रमुख, साहित्य र कला क्षेत्रका संगठनका प्रमुख तथा प्रतिनिधि, शुभेच्छुक तथा शुभचिन्तकहरु रहने गरि मुल समिति गठन गर्ने निर्णय गरेको संयोजक रानाले बताउनुभयो । कार्यक्रमको बारेमा प्रगतिशिल लेखक संघ बागलुङ पूर्वअध्यक्ष भरत बागलुङेले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका सचिव गणेश थापा, नेपाली कम्युनिष्ट पार्टी बागलुङ नगर समितिका अध्यक्ष निर्मल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाकाका नेता थानेश्वर सुवेदी, नेकपा माओवादीका पोलिटव्युरो सदस्य टेकबहादुर केसी सी, बागलुङ नगरपालिकाका पूर्वमेयर जनक राज पौडेल, वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा, अधिवक्ता लक्ष्मी बाँस्कोटा, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्षहरु राम बहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, धवलागिरी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष आश्मीन शेख, निसीखोला गाउँपालिका-२का वडा अध्यक्ष कुविर विश्वकर्मा,  व्यवसायी शेखर खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम प्रगतिशिल लेखक संघ बागलुङका अध्यक्ष विजय रानाको अध्यक्षतामा र सचिव विनोद थापाको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung