२० भाद्र २०८३, शनिबार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथद्वारा विद्यार्थीलाई झोला र स्टेशनरी सहयोग

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले विद्यार्थीलाई झोला र स्टेशनरी सहयोग गरेको छ ।

बागलुङ नगरपालिका-६ लमगाउँस्थित अमर प्राथमिक विद्यालयका ३७ जना विद्यार्थीहरुलाई क्लबले बिहिबार झोला र स्टेशनरी सामान हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अमर प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापा, प्रधानाध्यापक जुक्ति प्रसाद पौडेल, रिजन चियर पर्सन जुनु श्रेष्ठ र जोन चियर पर्सन दुर्गा श्रीस मन्तव्य व्यक्त गरेका थिए ।

३५ हजार बराबरको झोला र स्टेशनरी सामान अष्ट्रेलिया निवासी राजु दामोदरको गणेश ओडरी एण्ड फेमेलिले उपलब्ध गराएको थियो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष प्रकृति राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष सिता श्रेष्ठको स्वागत र सचिव चाँदनी श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung