बागलुङ । बागलुङ जेसीजको ४८औँ पदस्थापन तथा पुरस्कार वितरण शुक्रबार सम्पन्न भएको छ ।
बागलुङ जेसीजको ४८औँ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष अन्जिला श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षहरु सुलभ खड्का, सुभम राजभण्डारी, उपाध्यक्षहरुमा निशा कार्की, सुविसन श्रेष्ठ, अरुण श्रीस, निकेश खड्का, समितिका निर्देशकमा अयुश श्रेष्ठ, विनोद थापा मगर महासचिव स्वीकृति भारी, कोषाध्यक्ष मिलन खत्री, कानुनी सल्लाहकार गणेश महतोलाई बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष सोपना पौडेल, नेपाल जेसीजका अध्यक्ष जिवन कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
यस वर्षको पूर्णतारा एवार्ड बागलुङ जेसीजका पूर्वअध्यक्ष सुन्दर श्रेष्ठलाई प्रदान गरिएको छ । बागलुङ जेसीजका पूर्वअध्यक्ष तथा पूर्णतारा एवार्डका संरक्षक केशव वझा, बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठ र नेपाल जेसीजका अध्यक्ष जिवन काकीले श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गरेका थिए ।
बागलुङ जेसीजका निर्वतमान अध्यक्ष गणेश महतोले आफनो श्रीमती सजना केसी महतोको स्मृतिमा कोष स्थापना गरेको छ । यो वर्ष यस कोषबाट नेपाल पत्रकार महासंघ बागलुङ शाखालाई सम्मान गरिएको छ । यस कोषबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
।कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष गणेश महतोको स्वागत र सहसचिव स्वीकृति भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ जेसीज २०३५ साल भदौ २९ गते श्याम श्रेष्ठको नेतृत्वमा स्थापना भएको थियो ।

















































































































































































































