बागलुङ । शोभाकान्त गौडेलको कालीगण्डकीका किनार निबन्ध सङ्ग्रह सार्वजनिक भएको छ ।
शनिबार कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रा. डा. षडानन्द पौडेल, प्रभा बराल, भोला शर्मा र लेखक शोभाकान्त गौडेलले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
निबन्ध सङ्ग्रहमा कालीगण्डकी सभ्यताको महत्व, इतिहास, विकासको प्रवृत्ति, जीवनपद्धति लगायतका निबन्धहरू समाविष्ट छन् ।
बेला प्रकाशनले प्रकाशन गरेको पुस्तकको मूल्य ४ सय २५ रुपैयाँ रहेको छ।
कार्यक्रम लेखक विष्णु अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































