बागलुङ । बागलुङको आदर्श सञ्चार सहकारी संस्था लि।मा स्थापित ‘सिर्जनशील पत्रकारिता पुरस्कार–२०८२’ पर्वतका पत्रकार माया अधिकारीलाई प्रदान गरिएको छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशील अधिकारीलाई शनिबार सम्पन्न सहकारीको १९औं वार्षिक साधारणसभाका अवसरमा नगद रु। १० हजारसहित पुरस्कृत गरिएको थियो ।
आदर्श सञ्चार सहकारी बागलुङका सह–सम्पादक तथा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त र पत्रकार सन्तोष क्षेत्रीले विसं २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत भएकी हुन् ।
२०६२र०६३ को जनआन्दोलनसँगै पत्रकारितामा सक्रिय अधिकारी बागलुङको धौलागिरी दैनिक हुँदै अन्नपूर्ण पोष्टको पर्वत संवाददादतादेखि हाल अकोराबको प्राविधिक रेडियो मेन्टरको रुपमा कार्यरत छिन् ।
अधिकारी हाल नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षसमेत हुन् । समाजमा विद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय पन्त र क्षेत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर रु ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्षयकोष स्थापना गरेका थिए ।
उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ ।
अहिले उक्त कोषको रकम रु। एक लाख पु¥याइएको छ ।
कोषबाट अधकिारी सहित ११ जना पत्रकार पुरस्कृत भइसक्नुभएको छ । पुरस्कार कोषबाट यस अघि पर्वतका पत्रकार सन्तोष थापा, लक्ष्मण सापकोटा, बागलुङका पत्रकारहरु दिल शिरीष, राम थापा, संगम घर्तीमगर, कोपिला कँडेल, खेमराज गौतम, म्याग्दीका पत्रकार सन्तोष गौतम, हरिकृष्ण गौतम र मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।
















































































































































































