३ श्रावण २०८३, आईतवार

 

बागलुङको प्रमुख जिल्ला अधिकारीमा कृष्ण प्रसाद आचार्य

बागलुङ । गृह मन्त्रालयले बागलुङको प्रमुख जिल्ला अधिकारीमा कृष्णप्रसाद आचार्यलाई खटाएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेपछि निलम्बनमा परेका थिए ।

प्रजिअ रिक्त रहेको बागलुङमा आचार्यलाई पठाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले नयाँ विश्वलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung