२० भाद्र २०८३, शनिबार

 

लायन्स क्लब अफ बागलुङ कालीगण्डकीद्वारा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ । लायन्स क्लब अफ बागलुङ कालीगण्डकीले बागलुङ नगरपालिका-३ किनाराटोलस्थित मानवसेवा आश्रममा आश्रित लक्ष्मी नारायण र बालगोपालहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।

हंगर रिलिफ कार्यक्रम अन्तर्गत आश्रमलाई दश हजार बराबरको खाद्यान्न सहयोग गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा हंगर रिलिफ कार्यक्रमका संयोजक डिष्ट्रिक कोडिनेटर अनुप रिजालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालिगण्डकी अध्यक्ष लखन थापाको अध्यक्षता, डिपार्टमेन चिफ नारायण प्रसाद आचार्यको स्वागत र मानव सेवा आश्रमकी संचालक विपना तामाङको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung