बागलुङ । बागलुङ नगरपालिका-३ स्थित सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले बागलुङका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई स्वागत गरेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सर्वसाधारण नागरिक र समुदायको हितमा आफू केन्द्रीत हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपि बसन्त पाण्डे, पूर्वडिएसपि टिकाबहादुर कार्की, सल्लाहकारहरु अधिवक्ता लक्ष्मी बाँस्कोटा, दिलबहादुर कार्की, सामुदायिक सेवा केन्द्र रामरेखाका सचिव लक्ष्मी बोहरा र सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लिला देवी खड्काले मन्तव्य व्यक्त गर्नु भएको छ ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लिला देवी खड्काको अध्यक्षता र सचिव मंजुल शाक्यको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































