बागलुङ । लायन्स क्लब अफ बागलुङ प्रोफेसनल, बागलुङ युनियन, बागलुङ भगवती र बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका-३ किनाराटोलस्थित मानवसेवा आश्रममा आश्रित लक्ष्मी नारायण र बालगोपालहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
हंगर रिलिफ कार्यक्रम अन्तर्गत आश्रमलाई २५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा डिष्ट्रिक सिनियर एडभाइजर पार्वती थापा अधिकारी, डिष्ट्रिक कोडिनेटर तथा हंगर रिलिफ कार्यक्रमका संयोजक अनुप रिजाल र लायन्स क्लब अफ बागलुङ युनियनका अध्यक्ष लक्ष्मण कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता र मानव सेवा आश्रमकी संचालक विपना तामाङको संचालनमा सम्पन्न भएको थियो ।

















































































































































































