२० भाद्र २०८३, शनिबार

 

लायन्स क्लब बागलुङ सिटिजनद्वारा सामुदायिक कुकुर संरक्षण गर्न आर्थिक सहयोग प्रदान

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटिजनले सामुदायिक कुकुरको संरक्षणको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

हंगर रिलिफ कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ बागलुङ सिटिजनकी कमला शर्माले सामुदायिक कुकुर संरक्षणकर्ता कल्पना थापालाई ८ हजार प्रदान गरेका छन् ।

कार्यक्रममा डिष्ट्रिक कोडिनेटर तथा हंगर रिलिफ कार्यक्रमका संयोजक अनुप रिजाल र डिर्पोटमेन्ट चिफ नारायण आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटिजनकी अध्यक्ष कमला शर्माको अध्यक्षता र सचिव सम्झना कार्की आचार्यको संचालकमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung