काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बुधबार बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न भएको छ।
बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८१ र ८२ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ।
सभाले बैंकको वासलात, नाफा(नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
साथै, बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लि। को एकीकृत वित्तीय विवरण पनि पारित भएको छ।
हाल बैंकले देशभर ३१२ शाखा, ६८ एक्स्टेन्सन काउन्टर र २६९ एटिएम सञ्जालमार्फत ३७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जानकारी सभामा दिइएको थियो।













































































































































































































