२० भाद्र २०८३, शनिबार

 

रातामाटा सामुदायिक वन उपभोक्ता समूहको सातौँ साधारणसभा सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका–३ स्थित रातामाटा सामुदायिक वन उपभोक्ता समूहको सातौँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

समूहका ज्येष्ठ सदस्य बद्रीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सामुदायिक वन उपभोक्ता महासंघ, बागलुङका अध्यक्ष कुलबहादुर कार्की, रातामाटा विकास समाजका अध्यक्ष हिमालप्रसाद शर्मा, समूहका निवर्तमान अध्यक्ष वैकुण्ठप्रसाद सापकोटा, आमा समूहका अध्यक्ष अमृता शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनलाई आयआर्जन र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका थिए ।

समूहका अध्यक्ष मुरारी शर्माले वनबाट खोटो सङ्कलन र बिक्री गर्ने योजना रहेको सुनाए ।

साधारणसभा सचिव सञ्जु शर्माको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद सापकोटाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

पूर्वअध्यक्ष एवं सल्लाहकार हितनाथ शर्मालाई सम्मान गरिएको थियो । साधारणसभा समूहका उपाध्यक्ष अमृत सापकोटाको स्वागत मन्तव्य, सहसचिव शोभा शर्माको सञ्चालन र अध्यक्ष मुरारी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung