बागलुङ । विद्यामन्दिर पुस्तकालयले स्थापना दिवशको उपलक्ष्यमा बुधबार सरसफाई गरिएको छ । स्थापना दिवसको उपलक्ष्यमा पुस्तकालय र पुस्तकालयको आँगन सरसफाई गरिएको थियो ।
विद्यामन्दिर पुस्तकालय बागलुङले स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाउन लागेको हो ।
पुस्तकालय दिवशको उपलक्ष्यमा सरसफाइ सचेतना र दिवसको प्रचारात्मक कार्यक्रम गरिएको थियो ।कार्यक्रममा विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, पूर्वअध्यक्ष ईश्वर प्रसाद मलेपतीले मन्तव्य व्यक्त गरिएको थियो ।
कार्यक्रमको संचालन विद्यामन्दिर पुस्तकालयका कार्यसमिति सदस्य तथा पूर्वअध्यक्ष गोविन्द प्रसाद वझाले गर्नु भएको थियो ।
स्थापना दिवसको उपलक्ष्यमा विहिबारबिहान प्रभातफेरि र शुक्रबार दिउँसो १ बजे सरस्वती पुजासहित मूल समारोहको कार्यक्रम आयोजना गरिएको पुस्तकालयका पुस्तकाध्यक्ष गणेश सापकोटाले जानकारी दिनुभयो ।















































































































































































































