बागलुङ । पूर्वसांसद तथा पूर्वराज्यमन्त्री रामजी शर्माको स्मृतिमा शर्मा परिवारद्धारा बागलुङ नगरपालिका-३ किनाराटोलस्थित मानवसेवा आश्रममा आश्रित लक्ष्मी नारायण र बालगोपालहरुलाई भोजन सहयोग गरिएको छ ।
कार्यक्रममा सिता शर्माले मानवसेवा आश्रमका अभिभावक अधिवक्ता लक्ष्मी बाँस्कोटालाई ११ हजार ५ सयको भोजन सहयोग गर्नु भएको हो ।
मानव जातीको हितमा संचालित आश्रमलाई भोजन सहयोग गरेको सिता शर्माले बताइन् ।
कार्यक्रम मानवसेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

















































































































































































