२ श्रावण २०८३, शनिबार

 

तीस महिनापछि आफ्नै भवनमा उच्च अदालत बागलुङ, प्रधानन्यायाधीश राउतद्वारा उद्घाटन

बागलुङ । उच्च अदालत पोखरा बागलुङ इजलास भवनको उद्घाटन सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उद्घाटन गर्नुभएको छ ।

उद्घाटनपछि बोल्दै राउतले सुविधास सम्पन्न भवनबाट गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले राज्यका न्यायिक अंगमा भएको आगजनी पश्चात न्यायालय पुन पुरानै अवस्था तर्फ आउन थालेको बताउनुभयो । उहाँले न्यायालयप्रति जनताको भरोसा बढाउन न्यायाधिस र कर्मचारी थप परिमार्जन भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

भूकम्पले क्षति पु¥याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवनको सम्झौता मितिभित्रै सम्पन्न भएर साउनबाट सेवा दिन थालेको छ ।

३० महिनाभित्रै उच्च अदालत पोखराको सुविधा सम्पन्न साढे छ तलाको भवन सम्पन्न भएको थियो ।

आधुनिक र पूर्ण आपाङ्गमैत्री भवनमा अण्डरग्राउण्ड पार्कीङसँगै अन्य तीन वटा न्यायाधीश आवास गृहसँगै निर्माण गरिएको हो ।

दुई वटा विद्युतीय भ¥याङयाङसहित नमूना भवन निर्माण सम्पन्न भएर सेवा दिइरहेको छ ।

गत असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ अन्तिममा निर्माण सम्पन्न भएर असारबाट सेवा दिन थालेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भइकाम गर्ने न्यायाधीश नातिबाबु लामिछानेले जानकारी दिनुभयो ।

श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमामा भवन बनाएको हो ।

कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयोजनाका ईन्जिनियर बिरबल सुनुवार, उच्च अदालत पोखरा बागलुङ ईजालशका रजिष्ट्रार राम बहादुर थापा, वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेल, उच्च अदालत बार एसोसिएसन बागलुङकी अध्यक्ष अधिवक्ता गिता श्रीस, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ,नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा डा विजय प्रसाद मिश्र, न्याय परिषद सदस्य महेश कुमार नेपाल र न्यायाधीश नहकुल सुवेदिले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung