३ श्रावण २०८३, आईतवार

 

त्रिदिवसीय कार्यक्रम गरी मनाइयो पुस्तकालय स्थापना दिवश

बागलुङ । विद्यामन्दिर पुस्तकालय त्रिदिवसीय कार्यक्रमसहित स्थापना दिवश मनाएको छ ।

शुक्रबार सम्पन्न मूल समारोहमा बागलुङ नगरपालिका ३ का वडा अध्यक्ष सनि केसी लक्ष्मण, पुस्तकालयका संरक्षक प्रेम छोटा, सल्लाहकार काजि रोशन, समाजसेवी चन्द्र कुमारी श्रेष्ठ, पुस्तकालयका पूर्वअध्यक्ष श्रवण लाल शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष श्रवण लाल शाक्यलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वको बारेमा पुस्तकालयका पूर्वअध्यक्ष ईश्वर मलेपतीले प्रकाश पार्नु भएको थियो ।

साथै रामचन्द्र शर्मा उन्मुक्तले कविता वाचन गर्नु भएको थियो ।

पुस्तकालयका बालविकासमा अध्ययरत विद्यार्थीहरुको निःशुल्क दन्त परीक्षण गर्नु भएका डा. कल्पना लिम्बु र सिनियर डेन्टल हाइजिनेस अशोक श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।

अक्षयकोष दाता डा कृष्णबहादुर श्रेष्ठ र पुस्तकालयमा महाविर पवित्रा स्मृति अक्षय कोष स्थापना गर्नु हुने समाजसेवी राजबहादृुर थापा, ललिता थापा, लक्ष्मी थापा, पुनम थापा, पुजा थापालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्ष, कार्यसमिति सदस्य गोकुल प्रसाद कँडेलको स्वागत र उपाध्यक्ष राजन प्रसाद सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung