बागलुङ । चिल्ड्रेन लाइफ स्पोटर्स क्लव बागलुङको आयोजनामा सम्पन्न चौथो अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिताको उपाधि अमर आदर्श आवासीय माविले जितेको छ ।
विद्यालय स्तरीय फुटवल प्रतियोगितालाई निरन्तर रुपमा अगाडि बढाएको चिल्ड्रेन लाइफ स्पोटर्स क्लवले चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलको सहआयोजनामा संचालन गरेको प्रतियोगिता अन्तरगत सोमवा भएको फाइनल खेलमा अमर आदर्श माविले आदर्श विद्या मन्दिरलाई पराजित गर्दै उपाधि जितेको हो ।
१२ बिद्यालयको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै अमर आदर्शले उपाधि चुम्न सफल भएको हो । निकै नै प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा अमर आदर्शका खेलाडि प्रदिप परियारले उत्कृष्ट गोल गर्दै टिमलाई बिजयी बनाउनु भएको हो ।
उपाधिसँगै अमर आदर्शले नगद ५५ हजार ५ सय ५५, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
उपविजेता बनेको आदर्श विद्या मन्दिरले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको क्लवका उपाध्यक्ष एवं खेल संयोजक जिवन रोका क्षेत्रीले जानकारी दिनुभयो । यसैगरि सेमिफाइनलमा पुगेर पराजित भएको चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलको निलो समुह र न्यु ओयसीसले जनही नगद १० हजार प्राप्त गरेका छन् ।
विद्यागत तर्फ बेष्ट प्लेयर अमर आदर्शका प्रदिप परियार, मिड फिल्डरमा आदर्श विद्या मन्दिरका निश्चल केसी, उत्कृष्ट गोलकिपरमा आदर्श विद्या मन्दिरका सोहन सुनार, उत्कष्ट डिफेन्डरमा अमर आदर्शका असिम केसी, सर्वाधिक गोलकर्तामा चिल्ड्रेन लाइफका वरदान थापा र उदयमान खेलाडिमा चिल्ड्रन लाइफका उत्सव थापा पुरस्कृत हुनु भएको क्षेत्रीले बताउनुभयो ।
त्यसैगरि अनुशासित टिममा गुराँश विद्या सदनलाई पुरस्कृत गरिएको उहाँले जानकारी दिनुभयो ।
फाइनल खेलको शुभारम्भ अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रिय उपाध्यक्ष दावा लामाले गर्नु भएको थियो । कार्यक्रम चिल्ड्रेन लाइफ स्पोटर्स क्लवका अध्यक्ष एवं स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठको अध्यक्षता, क्लवका उपाध्यक्ष एवं खेल संयोजक जिवन रोका क्षेत्रीको स्वागत र क्लवका सचिव सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।

आर्दशसंचारबाट













































































































































































































