बागलुङ ।बागलुङ नगरपालिका-९ तियाङस्थित सिगाना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक पोशाक सहयोग गरेको छ ।
विद्यालयका १० जना विद्यार्थीलाई १० हजार बराबरको पोशाक लायन्स क्लब अफ बागलुङ सिटिजनका अध्यक्ष कमल पौडेल चापागाईले सिगाना माविका प्रधानाध्यापक भुपेन्द्र खड्कालाई हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटिजनका अध्यक्ष कमल पौडेल चापागाईको अध्यक्षता र जोन चियर पर्सन दुर्गा श्रीसको संचालनमा सम्पन्न भएको थियो ।















































































































































































































