बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट बागलुङ क्षेत्र नं २ का साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ लाई मत माग्दैे चुनावी गीत सार्वजनिक भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा पूर्वसांसद केशरी घर्ति एलिनाको सक्रियतामा उहाँ र कलाकार ईश्वर सिंहले आवाज दिएको गीत गैरेको यूट्युवमार्फत सार्वजनिक भएको हो ।
गीतमा शब्द तथा संगित विष्णु खत्रीको रहेको छ । ‘बागलुङ क्षेत्र नंं २ मा ज्ञामनाथ गैरे ‘अनिल’ लाई चुनौ’ भन्ने सन्देश मतदातालाई दिने उद्देश्यका साथ गीत सार्वजनिक गरिएको गायक केशरी घर्तिले जानकारी दिनुभयो ।
गैरे सानै उमेरदेखि राजनीतिमा होमिएका, तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको परिवर्तनको आन्दोलनमा जिल्लाको सेक्रेटरी लगायत महत्वपूर्ण जिम्मेवारीमा रहेर आन्दोलन हाँकेको तथा लामो समयदेखि बागलुङ र विशेष क्षेत्र नं २ को भूगोलमा रहेर राजनीतिक सामाजिक परिवर्तनको क्षेत्रमा क्रियाशिल हुँदै आएकाले, उहाँलाई जिताउन सबैको साथ सहयोग आवश्यक छ भन्ने महसुस गरेर गीत मार्फत मत मागेको घर्तिको भनाइ छ ।
जनताका सेवक उनी, जनताकै भक्त भन्दै गीत मार्फत ज्ञामनाथ गैरे जिताउ अभियान सञ्चालन गरिएको छ, बागलुङ क्षेत्र नं २ का जनताले विवेक प्रयोग गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौ, गायिका घर्तिले भन्नुभयो ।
चुनावी अभियानमा विभिन्न ठाउँमा भएका कार्यक्रमका फुटेज र फोटा सहित सार्वजनिक गरिएको गीतले आम मतदातालाई गैरेको पक्षमा माहोल सिर्जना गर्ने विश्वास लिएको नेकपा बागलुङका संयोजक प्रकाश घर्तील बताउनुभयो ।
बागलुङमा नेकपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन्, बागलुङ क्षेत्र नं २ मा नेकपाका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’ लाई राजमोले सहयोग गर्ने र क्षेत्र नं १ मा राजमोका उम्मेदवार कृष्ण शर्मा अधिकारीलाई नेकपाले सहयोग गर्ने गरी चुनावी तालमेल भएको नेकपाका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर बुढा सागरले जानकारी दिनुभयो ।
आर्दशसंचारबाट













































































































































































































