३ श्रावण २०८३, आईतवार

 

बागलुङका विद्यार्थीलाई ब्याडमिन्टन खेलको तालिम प्रदान

बागलुङ । जिल्ला ब्याडमिन्टन संघ बागलुङले बागलुङको विभिन्न पालिकाहरुका विद्यार्थीलाई ब्याडमिन्टन खेलको तालिम प्रदान गरेको छ । बागलुङका ३० जना विद्यार्थीहरुलाई आधारभूत ब्याडमिन्टन खेलको तालिम प्रदान गरिएको हो ।

प्रशिक्षक संजिव श्रेष्ठले विद्यार्थीहरुलाई दुई महिनाको ब्याडमिन्टन खेलको तालिम दिनु भएको थियो ।

मंगलबार समापन कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघ बागलुङका कानुनी सल्लाहकार अधिवक्ता राम शर्मा र प्रशिक्षक संजिव श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिएको ब्याडमिन्टन खेलको तालिमले भविष्यमा उत्कृष्ठ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला ब्याडमिन्टन संघ बागलुङका अध्यक्ष उमेश केसीको अध्यक्षता,उपाध्यक्ष भुपाल कार्कीको स्वागत र सचिव वीरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung