बागलुङ । बागलुङमा साहित्यिक भेटघाट तथा झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना २००३ सालमा स्थापित ऐतिहासिक संस्था विद्यामन्दिर पुस्तकालयले गरेको थियो।
कार्यक्रममा साहित्यकार तथा कवियत्री रेणुका भट्टराई ‘मञ्जरी’, साहित्यकारहरु काजी रोशन, प्रेम छोटा र विघामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष ईश्वर मलेपतीले मन्तव्य व्यक्त गरेका थिए ।
झ्याउरे कविता नेपाली लोकलय र जनजीवनसँग गहिरो रूपमा गाँसिएको विधा हो। यसको पुनर्जागरण अभियानले मौलिकता, लोकसंस्कृति र समकालीन चेतनालाई एकसाथ अघि बढाउने प्रयास गरेको देखिन्छ।
कार्यक्रम विघामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता र साहित्यकार रामचन्द्र उन्मुक्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































