बागलुङ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रयाटिक लयर्स एशोशियसन (डिएलए) बागलुङको अध्यक्षमा अधिवक्ता हरि प्रसाद गौतम निर्वाचित भएका छन् ।
शुक्रबार बागलुङमा भएको २०औँ साधारणसभा तथा ७औँ जिल्ला अधिवेशनबाट गौतमको अध्यक्षतामा आठ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्षमा अधिवक्ता शिवराज पन्त, सचिवमा अधिवक्ता ज्ञानेन्द्र राज पन्त, कोषाध्यक्षमा अधिवक्ता नगेन्द्र बुढाथोकी चयन भएका छन् ।
साथै सदस्यहरुमा अधिवक्ता रामराजा कँडेल, अधिवक्ता लक्ष्मी देवी जिसी, अधिवक्ता प्रकाश बराल, अधिवक्ता विनिता शर्मा चयन भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा निउरेले नयाँ विश्वलाई बताउनुभयो ।
साथै केन्द्रीय प्रतिनिधिहरुमा अधिवक्ता निरञ्जन लाल राजभण्डारी, अधिवक्ता अखिल नाथ शर्मा, अधिवक्ता बद्री प्रसाद उपाध्याय चयन भएका छन् । समितिमा एक सदस्यीय चयन हुन बाँकी रहेका अध्यक्ष गौतमले जानकारी दिनुभयो ।














































































































































































































