बागलुङ । अन्तरक्रिया कार्यक्रम गरी विश्व उपभोक्ता अधिकार दिवस बागलुङमा मनाइएको छ । बागलुङको एकिकृत सेवा कार्यालय बागलुङको आयोजनामा आइतबार उपभोक्ता दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गुणस्तर मापन यन्त्र, खाद्य प्रयोगशाला लगायतको अभावमा अनुमानको आधारमा अनुगमन भइरहेको बताउनुभयो ।
उहाँले हामीले खाने तेल, दूध, मासु र तरकारी जस्ता खाद्य वस्तु हेरेर गुणस्तर मापन गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्का, सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रतिनिधि, प्रहरी र पत्रकारबीच अन्तरकृया गरी उपभोक्ता अधिकार दिवस मनाइएको हो ।
कार्यक्रम एकिकृत सेवा केन्द्र बागलुङका प्रमुख शिव शर्माको अध्यक्षता, सहायक प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको स्वागत र कार्यालयका अधिकृत श्याम थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
















































































































































































































