३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङ कालिकाको अध्यक्षमा कमलबहादुर पौडेल, सचिवमा नविन गौतम

बागलुङ । लायन्स क्लब अफ बागलुङ कालिकाको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा कमलबहादुर पौडेल सर्वसम्मत चयन भएका छन् ।

पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा मिनबहादुर केसी, द्धितीय उपाध्यक्षमा शिशिर पन्त , तृतीय उपाध्यक्षमा नविन कुमार श्रेष्ठ , सचिवमा नविन गौतम र कोषाध्यक्षमा सविन गौतम चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई डिष्ट्रिक एसटपसन चिफ चन्द्र राज रेग्मी र डिष्ट्रिक कोचिफ एडभाइजर नरेश कँडेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ बागलुङ कालिका सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung