३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ पिस टाउनको अध्यक्षमा शारदा कार्की, सचिवमा जेनिसा पुन

बागलुङ । लायन्स क्लब अफ पिस टाउनको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा शारदा कार्की सर्वसम्मत चयन भएकी छिन् ।

कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा गिता शर्मा, द्धितीय उपाध्यक्षमा तारा विष्ट , तृतीय उपाध्यक्षमा ज्योति केसी , सचिवमा जेनिसा पुन र कोषाध्यक्षमा सुनीता कार्की सुवेदी चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई डिष्ट्रिक सिनियर एजभाइजर सनिसा घर्ती, डिष्ट्रिक चियर पर्सन तुलसी गौतम, धौलागिरि एरिया चिफ खगेश्वर पौडेल, रिजन चियर पर्सन रमेश पौडेल, जोन चियर पर्सन लक्ष्मी पौडेल खत्री पन्तले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ पिस टाउन सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung