३ श्रावण २०८३, आईतवार

 

महिला भलिबलमा धविमावि र शान्ता माविको विजयी सुरुवात

बागलुङ । चैत्राष्टमी मेलको अवसरमा महिला भलिवल प्रतियोगिता सुरु भएको छ । महिला भलिबलमा शुक्रबार भएको दुई खेलमा धविमावि र शान्ता माविले विजयी सुरुवात गरेका छन् ।

पहिलो खेलमा जैमिनी नगरपालिकालाई धौलागिरि वीरेन्द्र माध्यमिक विद्यालयले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा शान्ता मावि पोखराले बडिगाड गाउँपालिकालाई सोझो सेटमा पराजित ग¥यो ।

२५—१३ ले पहिलो सेट गुमाएको धौलागिरि वीरेन्द्र माविले उत्कृष्ट पुनरागमन गर्दै खेलको नतिजा नै आफ्नो पोल्टामा पारेको हो ।

धौलागिरि वीरेन्द्र माविले दोस्रो सेट २५—१८ र दोस्रो सेट २५—२० ले जित्न सफल भयो । महिलातर्फको शान्ता माविले पहिलो सेट २५–२० र दोस्रो सेट २५—११ ले जित्न सफल भयो ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउने भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा ७ समूहको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung