३ श्रावण २०८३, आईतवार

 

कालिका कप महिला भलिबल उपाधि इलाइट एकेडेमी पोखरालाई

बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैते दशैं मेलाको अवसरमा आयोजित कालिका कप महिला भलिबलको उपाधि जितेर इलाइट भलिबल एकेडेमी पोखराले एकलाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको हो ।

बागलुङ कालिका मन्दिर परिसरमा भएकोघरेलु महिला भलिबल समूहका शान्ता माविलाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै इलाइट भलिबल एकेडेमी २०८२ कालिका महिला कपको च्याम्पियन बन्न सफल भएको हो ।

आइतबार सम्पन्न फाइनल खेलमा इलाइटले शान्त माविलाई २५–२३, २५–२२ र २५–२३ अंकले पाजित गरेको हो । च्याम्पियन इलाइटले एक लाख रुपियाँ र ट्रफी प्राप्त गर्दा उपविजेता शान्ता माविले ५० हजारमा चित्त बुझाएको छ ।

यस्तै, सृष्टि फर्निचरले धविमाविलाई पराजित गर्दै जैमिनी नगरपालिका तृतीय भएको छ । सृष्टिलाई ३–१ को सेटमा पराजित गर्दा जैमिनीले २५–१४, २५–२२, २६–२८, २५–१४ अंक जोडेको थियो । तेस्रो बनेको जैमिनीले नगद २५ हजार प्राप्त गरेको हो ।

विद्यागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि जनही पाँच हजार रुपियाँका दरले पुरस्कृत गरिएको प्रतियोगिता संयोजक सन्दिप खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung