बागलुङ । खुल्ला कालिका कप पुरुष भलिबल प्रतियोगिताको उपाधि घले हार्भेस्टिङ अष्ट्रेलियाले चुमेको छ । सोमबार बागलुङ कालिका मन्दिर परिसरमा आयोजित फाइनल खेलमा सिद्धार्थ चश्मा घरलाई पराजित गरी घलेले घले हार्भेस्टिङ अष्ट्रेलिया च्याम्पियन बनेको छ ।
नेपाल पुलिस क्लबका खेलाडी आबद्ध रहेको घले हार्भेस्टिङ अष्ट्रेलिया र गण्डकी प्रदेश भलिबल टिमको बाहुल्यता रहेको सिद्दार्थबीच कडा प्रतिस्प्रर्धा पश्चात घले हार्भेस्टिङ अष्ट्रेलिया च्याम्पियन बनेको हो ।
घले हार्भेस्टिङ अष्ट्रेलियाले तीन सेट जित्र्दा सिद्धार्थ चश्मा घरले दुई सेट जितेर दोस्रो उपाधिमा चित्त बुझाएको थियो ।
पहिलो खेलमा २६–२४को अंकले जित निकालेको घलेले दोश्रो र तेस्रो खेलमा हार व्यहो¥यो । सिद्दार्थले दोश्रो खेलमा २५–२३, तेस्रो खेलमा २५–१९ को सेटमा जित निकाल्दा चौथो खेलमा भने घलेले २५–१६ मा खेल अगाडि बढायो ।
जितका लागि अन्तिम खेलमा सिद्दार्थलाई १५–८ मै हराएको थियो । खेल जितेको घले हार्भेस्टिङ अष्ट्रेलियाले तीन लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । सिद्दार्थले २ लाखमा चित्त बुझायो । आइतबार फाइनल खेल शुरु भएपनि बर्षातले रोकिएपछि सोमबार दिउसो मात्रै संचालन भएको थियो ।
फाइनल प्रवेशका लागि घलेले गौंडाकोट युथ क्लबलाई शनिवार २५–११, २५–१६ र २५–१६ को सोझो सेट जितेको थियो ।
सिद्धार्थ चश्मा घरले भने आदित्य होल्डिङ तित्याङलाई २५–१९, २५–२३ र २५–१७ को सेटमा खेल जितेर फाइनल यात्रामा आइपुगेको थियो ।
खेलमा घले हार्भेष्टिङ अष्ट्रेलियाका पहल गहतराज सर्वोकृष्ठ खेलाडी घोषित भए । सिद्धार्थका सन्तोष विक र घलेकै बलराम गुरुङ उत्कृष्ठ भए ।
उत्कृष्ठ खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार र प्रमाणपत्र दिइएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताउनुभयो ।
डिफेन्डरतर्फ सिद्दार्थका राजन दर्लामी, राइजिङ प्लेयरमा घलेका रेसम बि.क, सर्भरमा घलेकै बिष्णु बस्नेत, ब्लकरमा सिद्दार्थका हिमाल सुनारी र उत्कृष्ट कोचमा घलेका मुकेश सेन्चुरी घोषित भएको खेल संयोजक किशोर छन्त्यालले जानकारी दिनुभयो ।
खुला महिला भलिबल प्रतियोगिताको उपाधी इलाइट भलिबल एकेडेमी पोखराले हात पारेको छ । फाइनल खेलमा इलाइटले शान्ता मावि पोखरालाई सोझो ३–० सेटमा पराजित गरेको हो ।
तस्बिर:संगम घर्ती













































































































































































































