३ श्रावण २०८३, आईतवार

 

निसीखोलामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका वडा नं ४ को निसीखोला दोस्रो लघुजल विद्युतको विद्युत गृहबाट ओभरफुलको नालीमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय गलकोटका अनुसार मृतक महिलाको शव निसीखोला ४ जार्पा निवासी ५७ वर्षिय रेशम कुमारी शाही रहेको प्रहरी निरीक्षक डम्मर बहादुर बोहोराले जानकारी दिनुभयो।

प्रहरीले दिएको जानकारी अनुसार, शाही सोमवार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए ।

उनको शवलाई मंगलवार बिहान स्थानीय नरबहादुर कुवँरले नालीमा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक बोहोराको भनाई छ ।

अहिले उनको सनाखत गरी पोष्र्टमाटमको लागि बुर्तिबाङ प्रादेशिक अस्पतालमा पु¥याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung