३ श्रावण २०८३, आईतवार

 

व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बागलुङ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बागलुङ नगरपालिकाको पञ्जिकरण शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

बागलुङ नगरपालिकाका सबै वडाहरुका वडा सचिवहरु र सहायक कम्युटर अपरेटरहरुलाई अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको थियो ।

बागलुङ नगरपालिकाका प्रशासन प्रमुख भिमसेन पन्त, एमआईएस अपरेटर मुना थापा र एमआईएस अपरेटर हरि गौतमले वडाबाट प्रदान गरिने सेवा प्रवाह, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी कानुनी व्यवस्था, त्यसको अभ्यास र समस्याहरुको बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले वडा कार्यालयबाट सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाहमा प्रदान गरेर सुशासनको प्रत्याभूति दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माको अध्यक्षता र एमआईएस अपरेटर हरि गौतमको संचालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung