बागलुङ । पर्वतको फलेवास नगरपालिकाले तीन दिवसीय पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नगरपालिकाका ११ वटा वडाका २४ जना मेलमिलापकर्ताहरुलाई तालिम प्रदान गरिएको थियो ।
प्रशिक्षकहरु मन्जु कार्की खड्का र गिता सिलवालले चैत्र २६ गतेदेखि २८ गतेसम्म सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा फेलवास नगरपालिका मेयर गंगाधर तिवारीले मेलमिलापकर्तालाई पुनर्ताजगी तालिमले न्याय सम्पादनमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।
फलेवास नगरपालिकाका उपमेयर शोभा कुमारी क्षेत्रीले मेलमिलापकर्तालाई पुनर्ताजगी तालिमले प्रत्येक वडामा सदभाव कायम गर्न, मेलमिलाप प्रति सकरात्मक सोच फैलाउन र नगरपालिकाका नागरिकहरुलाई सहज रुपमा न्यायको अनुभुति दिलाउन मद्धत गर्ने बताइन् ।
वडामै न्याय पाउने व्यवस्था भएमा सर्वसाधारण नागरिकहरुले न्यायमा छिटो पहुँच पाउने र न्याय पाउन जिल्ला धाएर खर्च गर्न नपर्ने व्यवस्थाको लागि नगरपालिका क्रियाशिल भएर लागेको उहाँले बताइन् ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले मेलमिलापकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन तालिम प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रम फलेवास नगरपालिका उपमेयर शोभा कुमारी क्षेत्रीको अध्यक्षता र न्यायिक सहजकर्ता जगत कुँवरको संचालनमा सम्पन्न भएको थियो ।

















































































































































































































