३ श्रावण २०८३, आईतवार

 

७० नाघेका जेष्ठ नागरिकलाई झुल र थर्मस उपहार

बागलुङ। बागलुङ नगरपालिका १ वडा कार्यालय, रामरेखाले ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ । वडा भित्रका ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई झुल, थर्मस, कप लगायतका सामग्री सहयोग गरिएको हो ।

सहयोग सामाग्री हस्तान्तरण गर्दै बागलुङ नगरपालिका वडा न १ का वडा अध्यक्ष जयबहादुर केसीले ज्येष्ठ नागरिकको सम्मान स्वरुप विभिन्न सामाग्री सहयोग गरिएको बताए ।

उनले ज्येष्ठ नागरिक समाजका महत्वपूर्ण व्यक्ति उल्लेख गर्दै सम्मान गरिएको बताए ।

‘उहाँहरुसँग ज्ञान छ, अनुभव छ, समाजको विकास र रुपान्तरणमा ज्येष्ठ नागरिकको महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले भने–‘त्यहि कारण हामीले सम्मान गरेका हौँ ।

आर्थिक वर्ष २०८२ र ८३मा विनियोजित एक लाख रुपैयाँबाट वडाले वडा भित्रका ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रमको सञ्चालन वडा सचिव सिता पुनले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung