३ श्रावण २०८३, आईतवार

 

गलकोटमा तीन सडक र वडा कार्यालय भवन एकसाथ सम्पन्न

बागलुङ । बागलुङको गलकोट नगरपालिका–३ को वडा कार्यालयको भवन निर्माण गरेर उद्घाटन गरिएको छ । यस्तै सोही नगर क्षत्रमा एउटै ठेक्काबाट तीन वटा छोटा सडक एकसाथ निर्माण सम्पन्न गरिएको हो ।

नगरपालिका भित्र झण्डै साडे दुई किमि सडक कालोपत्र र ढलान गरिएको समेत गरिएको छ ।

वडा कार्यालय भवन र तीनवटा सडकहरु एकमुष्ट सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङको रु सात करोड लागत निर्माण गरिएको हो ।

वडा कार्यालय नयाँ भवन, गलकोतघर जाने सडक, नरेडाँटी सडक लगायतका पूर्वाधारहरु समयमै सम्पन्न भएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

उहाँले निर्माण सम्पन्न भएका सडक तथा वडा कार्यालयले स्थानीय तहबाट प्रदान गरिने सेवा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।

वडा कार्यालय भवन जग्गा व्यवस्थापन समिति गठन गरी जग्गा व्यवस्थापन गरिएको थियो । वागेश्वरी मल्टिप्रपोज निर्माण प्रालिले २०८१ भदौ १३ गते वडा कार्यालय र तीन वटा सडकलाई एक मुष्ट २०८२ फागुनमा सम्पन्न गर्नेगरी रु सात करोड ६५ लाखमा सम्झौता गरी निर्माण थालिएको थियो ।

गलकोट नगरपालिका–१ र २ नरेठाँटी जोड्ने एक किमि सडक कालोपत्रे, वडा नम्बर ३ मा अवस्थित कोतघर जोड्ने एक किमी सडक कालोपत्रे तथा वडा नम्बर ५ हरिचौर क्षेत्रमा ३०० मिटर सडक ढलान लगायतका कार्य एउटै बजेटबाट सञ्चालन गरिएको घन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर गोपिचन्द्र आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung