३ श्रावण २०८३, आईतवार

 

सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमण हटाउन प्रशासनको स्थानीय तहलाई निर्देशन

बागलुङ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, अभिलेख तथा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङका १० वटै स्थानीय तहलाई सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सरकारी तथा सार्वजनिक जग्गा संरक्षण, अभिलेख व्यवस्थापन तथा अतिक्रमण नियन्त्रणसम्बन्धी कार्यमा ध्यान दिन स्थानीय तहलाई निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

गृहमन्त्रालयको परिपत्र अनुसार सार्वजनिक जग्गा अतिक्रमण रोक्न, अवैद्य घर तथा टहरा हटाउन भनिएको थियो ।

सरकारी तथा सार्वजनिक जग्गामा हुने अतिक्रमण हटाउन, अभिलेख अद्यावधिक गर्न तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय तह तथा सरोकारवाला निकायहरूलाई सक्रिय रूपमा काम गर्न आग्रह गरिएको छ ।

अतिक्रमण भएको जग्गाका संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउने बरालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung