३ श्रावण २०८३, आईतवार

 

बडिगाडमा जंगली भ्याकुर खादा एकको मृत्यु, आठ बिरामी

बागलुङ । बागलुङको बिडगाड गाउँपालिका– ५ खारा बजारमा जजंगली भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् ।

भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका – ५ निवासी ७२ वर्षीया फिरक कुमारी घिमिरेको मृत्यु भएको छ ।

यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, बिष्णु घिमिरे, सारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र बि।क।, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी हुनुभएको छ ।

बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरन्जीवि अधिकारीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung