३ श्रावण २०८३, आईतवार

 

रोटरी क्लब अफ बागलुङको क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न

बागलुङ । रोटरी क्लब अफ बागलुङले शनिबार पदाधिकारीहरु र सदस्यहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यले क्लब अफिसर लर्निङ सेमिनार आयोजना गरेको छ ।

सेमिनारमा रोटरीको उद्देश्य, वार्षिक कार्ययोजना, सदस्यता विस्तार, सामाजिक सेवा कार्यक्रम सञ्चालन, नेतृत्व विकास तथा प्रभावकारी क्लब व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायण गौतमले बताउनुभयो ।

कार्यक्रममा सहभागी पदाधिकारीहरुलाई आगामी कार्यकाललाई थप प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक सुझाव तथा अनुभव आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले रोटरीले समाजसेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय सहयोगका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सेवा भावसहित सक्रिय रुपमा अघि बढ्न प्रशिक्षकहरुले आग्रह गरेका थिए । प्रशिक्षण कार्यक्रममा पूर्वअध्यक्षहरु भवनराज बराल, विणा कार्की, लक्ष्मी जिसी कार्कीले सहजिकरण गरेका थिए ।

सेमिनारमा क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षसहित विभिन्न पदाधिकारी तथा सदस्यहरु गरेर १५ जनाको सहभागिता रहेको थियो ।

सेमिनारले आगामी कार्यकालका लागि पदाधिकारीहरुलाई जिम्मेवारीप्रति थप प्रतिबद्ध र सक्रिय बन्न प्रेरणा मिलेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रम रोटरी क्लब अफ बागलुङका अध्यक्ष नारायण गौतमको अध्यक्षता, प्रस्तावित अध्यक्ष निर्मला जिसी पन्तको धन्यवाद मन्तव्य र सचिव निशान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung