३ श्रावण २०८३, आईतवार

 

लियो क्लब अफ बागलुङको अध्यक्षमा रोजिना खड्का

बागलुङ । लियो क्लब अफ बागलुङको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा रोजिना खड्का सर्वसम्मत चयन भएकी छन् ।  शुक्रबार खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा अनिस घर्ती , द्धितीय उपाध्यक्षमा सुजता कँडेल , तृतीय उपाध्यक्षमा प्रदिप थापा, सचिवमा रोहित घर्ती र कोषाध्यक्षमा सपना न्यौपाने चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङका आगामी अध्यक्ष भुपेन्द्र केसी, लियो क्लब अफ बागलुङको पूर्वअध्यक्ष जिवन थापा ,रिजन कोडिनेटर सचिन हरिजन, लियो क्लब अफ कालिगण्डकीका अध्यक्ष टिकाजित पुन, लियो क्लब अफ धौलागिरि बागलुङको उपाध्यक्ष सिवानी शाक्यले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम लियो क्लब अफ बागलुङका अध्यक्ष संदिप केसीको अध्यक्षता र सचिव प्रदिप थापाको संचालनमा सम्पन्न भएको थियो ।

लियो क्लब अफ बागलुङ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung