बागलुङ । नारी साहित्य समाज बागलुङको अध्यक्षमा शकुन्तला शर्मा सर्वसम्मत चयन हुनुभएको छ।
समाजको हालै सम्पन्न अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।
समाजको उपाध्यक्षमा कोपिला कँडेल, सचिवमा शान्ति ज्ञवाली, कोषाध्यक्षमा शन्तु खड्का चयन भएका छन् ।
साथै समितिको सदस्यहरुमा निवर्तमान अध्यक्ष कृपा पौडेल,नन्द कुमारी ठकुरी, माया शर्मा चालिसे,सीता शर्मा, राधा कुमारी शर्मा र सृष्टी आचार्य रहेका छन्।
समाजका संरक्षक तथा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
समितिको पहिलो बैठकले प्रत्येक दुई महिनाको पहिलो शनिबार साहित्य ईन्द्रेणी कार्यक्रम संचालन गर्ने निर्णय गरेको सचिव शान्ति ज्ञवालीले जानकारी दिनुभयो ।
कवियत्रीहरु शकुन्तला शर्मा, शान्ति ज्ञेवाली, कृपा पौडेल र कोपिला कँडेलले सिर्जना वाचन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष शर्माले साहित्यका माध्यमबाट महिलाको सिर्जनशीलता, क्षमता र नेतृत्व विकासमा समाजले थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले साहित्यिक गतिविधिलाई गाउँ–समुदायसम्म विस्तार गर्दै महिला स्रष्टाहरूलाई प्रोत्साहन गर्ने बताउनुभयो।
समाजको बैठकले आगामी कार्ययोजना, साहित्यिक गतिविधि विस्तार तथा संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरेको थियो।













































































































































































































