११ असार २०८३, बिहीबार

 

गौतमलाई ‘सुगंगा पुरस्कार–२०८३’ प्रदान गरिने

बागलुङ । सुगंगा स्मृति कोष, बागलुङले ‘सुगंगा पुरस्कार–२०८३’ ढोरपाटन सञ्चार प्रालिद्वारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिक का प्रधान सम्पादक हरिनारायण गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ।

कोषको हालै सम्पन्न बैठकले आगामी असार १८ गते गौतमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशन ले जानकारी दिए।

पत्रकारितामा तीन दशकभन्दा लामो समयदेखि सक्रिय गौतमलाई यस वर्ष पुरस्कारका लागि छनोट गरिएको हो। गौतमलाई नगद रु २५ हजार र कदरपत्रसहित सम्मान गर्न लागिएको हो

वि।सं। २०५१ सालदेखि पत्रकारिता सुरु गरेका गौतमले श्री धौलागिरी साप्ताहिक, धौलागिरी स्टार साप्ताहिक, न्यू धौलागिरी दैनिक, राजधानी दैनिक, नेपाल समाचारपत्र दैनिक, नेपाल, हिमाल तथा समय साप्ताहिक लगायत सञ्चारमाध्यममा कार्य गरेका छन्।

हाल उनी ढोरपाटन राष्ट्रिय दैनिक का प्रधान सम्पादक तथा धौलागिरी एफएम का अध्यक्षका रूपमा कार्यरत छन्।

बागलुङका वरिष्ठ पत्रकार बिदुर खड्का ले आफ्नी आमा सुमित्रा खड्का र श्रीमती गंगाको स्मृतिमा सुगंगा स्मृति कोष स्थापना गरेका हुन्।

पत्रकारिता तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने यस पुरस्कारबाट यसअघि एकराज पाठक र शुभशंकर कँडेल सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung