१२ असार २०८३, शुक्रबार

 

नेपाल भाषा मंका: खल: बागलुङद्वारा भारी प्रति श्रद्धाञ्जली व्यक्त

बागलुङ । नेपाल भाषा मंका: खल:  बागलुङले बागलुङ नगरपालिका-३ नारायण चोक निवासी हिरा देवी भारीको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष जयराम भारी तथा शुभराम भारी, रघुराम भारी, अनीता भारीका पुजनिय आमा हिरा देवी भारी प्रति नेपाल भाषा मंका: खल: बागलुङका उपाध्यक्षहरु निर्मलबहादुर श्रेष्ठ, विदेश कुमार श्रेष्ठ, सचिव सुदिप राजभण्डारी, कोषाध्यक्ष ईश्वर मलेपती, कार्यसमिति सदस्यहरु आनन्द विकास श्रेष्ठ, राजेश भारी र पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गर्नु गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल भाषा मंका: खल:  बागलुङका उपाध्यक्ष विदेश कुमार श्रेष्ठले गर्नु भएको थियो ।

भारीको ८४ वर्षको उमेरमा गत असार ४ गते विहिबार देहावसान भएको थियो ।

श्रद्धाञ्जली सभामा उपस्थिति सबै महानुभावहरुमा परिवारको तर्फबाट छोरा शुभराम भारीले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung