१३ असार २०८३, शनिबार

 

बागलुङ उद्योग वाणिज्य संघद्वारा हिरा देवी भारीप्रति श्रद्धाञ्जली

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघले बागलुङ नगरपालिका–३ नारायणचोक निवासी हिरा देवी भारीको स्मृतिमा शनिबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयराम भारी तथा शुभराम भारी, रघुराम भारी र अनीता भारीकी पूजनीय आमा हिरा देवी भारीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रममा सहभागी वक्ताहरूले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, केन्द्रीय सदस्यहरु क्षेत्रधार आत्रे, सुविन श्रेष्ठ, गोकर्ण कार्की, सुमन श्रेष्ठ, मृगेन्द्र घिमिरे, पूर्वकेन्द्रीय सदस्यहरू निर्माणकुमार श्रेष्ठ र युवराज राजभण्डारी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतम तथा पूर्वअध्यक्ष हरिप्रसाद श्रेष्ठले भारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले गर्नुभएको थियो। ८४ वर्षको उमेरमा गत असार ४ गते बिहीबार हिरा देवी भारीको निधन भएको थियो।

श्रद्धाञ्जली सभाको अन्त्यमा परिवारका तर्फबाट छोरा सम्पूर्ण नारायण भारीले उपस्थित सम्पूर्ण महानुभावप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung