१५ असार २०८३, सोमबार

 

लायन्स क्लब अफ बागलुङ कालिगण्डकीमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बागलुङ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५) नेपालमा आबद्ध क्लब अफ बागलुङ कालिगण्डकीले पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लखन थापाले नवनियुक्त अध्यक्ष सञ्जय श्रेष्ठलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

अध्यक्ष श्रेष्ठलगाएत पदाधिकारीहरु र कार्यसमिति सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए ।

कार्यक्रममा क्लबका सदस्यहरू, लायन्सकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा विगत कार्यकालका गतिविधिको समीक्षा गर्दै आगामी कार्यकालमा सञ्चालन गरिने सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी योजनामाथि छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर काजीमान गुरुङले लायन्स इन्टरनेशनलको ‘आइडियल लिडरशिप’ नाराअनुसार नेतृत्व हस्तान्तरणसँगै नयाँ कार्यसमितिले सामाजिक सेवा, मानवीय सहायता, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

लायन्स क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष लखन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव सुवास आचार्यले गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung