१७ असार २०८३, बुधबार

 

लायन्स क्लब अफ बागलुङमा नेतृत्व हस्तान्तरण, भुपेन्द्र केसी अध्यक्षको जिम्मेवारीमा

बागलुङ । लायन्स क्लब अफ बागलुङले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष नारायण शर्माले नवनिर्वाचित अध्यक्ष भुपेन्द्र केसीलाई औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेका थिए।

नवनिर्वाचित अध्यक्ष केसीसहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।

कार्यक्रममा क्लबका सदस्य, लायन्सकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा विगत कार्यकालका गतिविधिको समीक्षा गर्दै आगामी कार्यकालमा सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दुर्गा कुँवर तथा पूर्वअध्यक्षहरू युक्तप्रसाद सुवेदी, विकास पौडेल, राजु गौतम, प्रेम केसी र सूर्य चापागाईं, लियो क्लब अफ बागलुङका अध्यक्ष सन्दिप केसीले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा दिएका थिए।

लायन्स क्लब अफ बागलुङका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव नारायण शर्माले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung